नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । 

उक्त मैत्रीपूर्ण खेलका लागि आफूहरू तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् । खेलअघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरूले मैत्रीपूर्णलाई लिएर आफूहरू उत्साहित रहेका समेत उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय यू–२० महिला टिमकी कप्तान बिर्सना चौधरीले टीमवर्क र कम्युनिकेशन निकै राम्रो रहेकाले मैत्रीपूर्ण खेलमा कुनै समस्या नहुने र जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि नेपाली टोली खेलका लागि तयार रहेको बताए ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : ११ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो