राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन « Khabarhub

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् ।

शुक्रबार काठमाडौँमा बसेको युवा सङ्घ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए  । 

त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूले कार्यकालको शुभकामना दिएका छन् ।

अध्यक्षमा चयन भएपछि गुरुङले राजनीतिक र वैचारिक रुपमा सङ्गठनलाई बलियो बनाउँदै लैजाने बताए  । 

आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउन जनताको बीचमा गएर युवाहरूको मुद्दाहरूलाई अघि बढाउने उनको भनाइ छ ।  

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट एमालेका तर्फबाट उम्मेदवार बनेपछि नेतृत्व हस्तान्तरण गरेका हुन् । 

अध्यक्षको जिम्मेवारी पाए लगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : २४ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन