गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर « Khabarhub

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका सामग्री (मञ्जन) र परम्परागत उत्पादन (सिन्दूर) मा स्वास्थ्यका लागि अत्यन्तै घातक मानिने सिसा अत्यधिक मात्रामा भेटिएको एक अध्ययनले देखाएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको अध्ययन अनुसार परीक्षण गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा सिसा भेटिएको छ । ती नमुनाहरू काठमाडौं, पोखरा, विराटनगर र जनकपुरबाट संकलन गरिएका थिए । अध्ययनका क्रममा ३१ वटा मञ्जन, ४० वटा सिन्दूर र २९ वटा गाजल परीक्षण गरिएको थियो । 

ती उत्पादनहरू स्थानीय, राष्ट्रिय तथा आयातित ब्रान्डका थिए । प्रयोगशालामा वैज्ञानिक विधिबाट ती सामग्रीमा सिसाको मात्रा मापन गरिएको थियो । अध्ययनले देखाएअनुसार सिसा भेटिएका नमुनामध्ये ७७ प्रतिशतभन्दा बढीमा अन्तर्राष्ट्रिय कडा मापदण्डभन्दा धेरै सिसा थियो । युरोपेली संघले तोकेको सीमाभन्दा पनि ८७ प्रतिशत नमुनामा बढी सिसा भेटिएको छ । नेपालले तोकेको मापदण्डभन्दा बढी सिसा ५१ प्रतिशत नमुनामा भेटिएको छ ।

सबैभन्दा बढी जोखिम सिन्दूरमा देखिएको छ । ४० सिन्दूर नमुनामध्ये १६ वटामा सिसा भेटिएको छ, जसमा केहीमा १२४ भाग प्रति दस लाखसम्म सिसा रहेको पाइएको छ । मञ्जनका ३१ नमुनामध्ये १४ वटामा र गाजलका २९ नमुनामध्ये १ नमुनामा सिसा भेटिएको छ ।

प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा ४२.५ प्रतिशत नमुना सिसाबाट दूषित भेटिएका छन् । े

त्यसपछि पोखरा, विराटनगर र जनकपुर क्रमशः रहेका छन् । सिसाले बालबालिकाको स्मरण शक्ति, पढ्ने–लेख्ने क्षमता र बौद्धिक विकासमा गम्भीर असर पार्ने, व्यवहारमा समस्या ल्याउने तथा गर्भवती महिलामा गर्भपतन, कम तौलको शिशु जन्मने जोखिम बढाउने अध्ययनमा उल्लेख छ ।

अध्ययनले सौन्दर्य र सरसफाइ सामग्रीमा सिसाको कडा मापदण्ड लागू गर्न, नियमित परीक्षण अनिवार्य गर्न र बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । 

उपभोक्तालाई पनि ‘सिसा परीक्षण गरिएको’ उल्लेख भएका सुरक्षित उत्पादन मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।

अध्ययनले नेपालमा प्रयोग भइरहेका परम्परागत तथा व्यावसायिक उत्पादनहरूमा सिसाको जोखिम गम्भीर रहेको देखाउँदै तत्काल सरकारी पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यस्तो छ प्रतिवेदन :

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : ३८ बजे

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर