सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै « Khabarhub

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ।

कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो।

अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ। समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन्।

सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो।

वरिष्ठ इन्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ। यसमाथि घाँस रोपिनेछ। चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट हुनेछ।

यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा कामपाको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ११ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न