सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य « Khabarhub

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्य गर्ने सहमति भएको छ।

दुवै पार्टीले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार जनताको हित, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता तथा परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउने उद्देश्यसहित यो सहकार्य गरिएको हो।

यस सहकार्यअनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव साद यादवलाई समर्थन गर्ने निर्णय गरिएको छ। सहमतिअनुसार मतदातालाई चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न अनुरोध गरिएको छ।

त्यस्तै, समानुपातिकतर्फ भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार तथा पार्टीको चुनाव चिह्न ‘खुलेको एकल आँखा’ मा मतदान गर्न प्रलोपाले आफ्ना नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई आग्रह गरेको छ।

दुवै पक्षले यो सहकार्य जनताको अपेक्षाअनुसार राजनीतिक स्थिरता, पारदर्शिता र जवाफदेहिताको दिशामा केन्द्रित रहने विश्वास व्यक्त गरेका छन् । उक्त सहकार्यसम्बन्धी सहमतिपत्रमा शिव यादव र अरविन्द कुमार यादवले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : २३ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न