वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात « Khabarhub

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताए ।

चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै १३ अर्ब ९८ करोड राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा १० अर्ब २१ करोड राजस्व संकलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा ९३ करोड मूल्यका ४३४ वटा जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ । एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी एक अर्ब २३ करोड मूल्यपर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । कार्यालयका अनुसार एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जिप, कार र भ्यानहरू आयात भएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ३९ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन