वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात « Khabarhub

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताए ।

चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै १३ अर्ब ९८ करोड राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा १० अर्ब २१ करोड राजस्व संकलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा ९३ करोड मूल्यका ४३४ वटा जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ । एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

त्यसैगरी एक अर्ब २३ करोड मूल्यपर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । कार्यालयका अनुसार एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जिप, कार र भ्यानहरू आयात भएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ३९ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल