साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा « Khabarhub

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि सहभागी चार वटै देश तयार भएका छन् । नेपालसहित भारत, भुटान र बङ्गलादेशले उपाधिका लागि प्रतिपस्र्धा गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

पोखरामा आज आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा उपस्थित चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताए । “तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ”, श्रेष्ठले भने ।

प्रतियोगितामा सहभागी चारवटै टोलीको उत्तिकै सम्भावना रहेकाले कुनै पनि टोली कमजोर नरहेको प्रशिक्षक श्रेष्ठले बताए। कप्तान सुशीला केसीले छोटो समयमा धेरै कुरा सिकेको बताए । उनले भने, “घरेलु मैदानमा भएकाले राम्रो रिजल्ट ल्याउनेछौँ, छोटो समयमा धेरै सिकेका छौँ, सुधार भएको छ । राम्रो फुटबल खेल्नेछौँ ।”

बङ्गलादेशका प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीहरुलाई अवसर र सिक्ने मौका प्रदान गरेको बताए । भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताए । युवा खेलाडी अत्यन्त उत्साहित रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उनले सुनाए। नेपालसँगको खेल कठिन हुने प्रशिक्षक पामेलाले अनुमान गरे ।

भुटानकी प्रशिक्षक टङ्का माया घल्लीले युवा टोलीले अवसर पाएकाले राम्रो तयारी गरेर आएको बताए । उपाधिमा मात्र केन्द्रित नभई महिला टोलीको स्तर विकासमा ध्यान दिएको प्रशिक्षक घल्लीले बताए ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : १८ बजे

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल