हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून « Khabarhub

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन भाइ’, ‘आबाट आमा’ र ‘मोहोर’ । ‘हामी तीन भाइ’ गत शुक्रबार मात्रै प्रदर्शनमा आएको हो । आइतबारमा आइपुग्दा यो फिल्मको व्यापार र शो न्यून छ ।

माघ १६ बाट प्रदर्शनमा आएको ‘आबाट आमा’ले हिट फिल्म हो । ५१ दिन मनाएको यो फिल्म उत्रने अवस्थामा छ ।

पल चर्चामा रहेको मौका पारी फिल्म ‘मोहोर’ पुनःप्रदर्शनमा ल्याइएको छ । यो फिल्म गत साउनमा प्रदर्शनमा आएको थियो । यो फिल्म पुनः प्रदर्शनमा आउँदा पनि दर्शकलाई तान्न सकिरहेको छैन । शो र दर्शकको उपस्थित एकदमै न्यून छ ।

अर्थात्, फ्रेस नेपाली फिल्म एउटा छ- हामी तीन भाइ । दर्शक भने लभगभ छैनन् नै भन्दा हुन्छ । दर्शक हलमा नगएका भने होइनन् । बलिउड फिल्म ‘धुरन्धर २’ हेर्न दर्शकको ओइरो छ । उच्च अकुपेन्सीसाथ फिल्म हलमा छ । बुकिङ हेर्दा यसको कमाइ उच्च छ ।

चुनावले बिग्रियो तालिका

फागुन २१ मा चुनाव भएकाले रिलिज क्यालेन्डर बिथोलिएको हो । चुनावी प्रचारले फिल्मको प्रचार छायामा पर्ने सोचाइका साथ मेकरहरू चुनावअघि प्रदर्शनका लागि तयार भएनन् ।

फागुन १ मा प्रदर्शनमा आएका फिल्महरू पनि मेकरहरूले हलबाट निकाले । हलमा फ्रेस नेपाली फिल्म नभएपछि पुराना फिल्महरूले पुनः प्रदर्शनको मौका पाएका छन् ।

तथापि पछिल्लो समय नेपाली फिल्महरूले दर्शकलाई हलमा तान्न सकेका छैनन् । कात्तिकपछि प्रदर्शनमा आएको एक मात्रै हिट फिल्म ‘आबाट आमा’ हो । अवस्था यस्तो छ कि– ५० लाख ग्रस कलेक्सन गर्न पनि बहुसंख्य फिल्मलाई सकस छ ।

चुनाअघि प्रदर्शनमा आएको महानायक राजेश हमाल स्टारर फिल्म ‘प्रवासी जीवन’ले डेढ लाखभन्दा केही बढी मात्रै व्यापर गर्‍यो । चुनावपछि प्रदर्शनमा आएको पहिलो फिल्म ‘लालिमा’ले ६ लाख व्यापार गर्‍यो ।

यो वर्ष कुन फिल्म प्रदर्शनमा आउँदै छन् ?

अब नयाँ वर्ष आउँन दुई साता मात्रै बाँकी छ । अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष अब हलमा एक फिल्म प्रदर्शनमा आउने देखिन्छ । चैत २७ मा विराज भट्ट स्टारर एक्सन फिल्म ‘राम नाम सत्य’ मात्रै प्रदर्शनमा आउने देखिएको हो ।

चैत २७ मा अन्य दुई फिल्म ‘३६ को आँकडा’ र ‘डल्लेले इन्ट्री मार्‍यो’ आउने बताइएको थियो । तर, अन्तिम समयमा आएर यी दुवै फिल्म प्रदर्शनमा नआउने भएका छन् ।

‘३६ को आँकडा’मा नायिका रेखा थापा शीर्ष भूमिकामा छिन् । ‘डल्लेले इन्ट्री मार्‍याे’मा सागर लम्साल (बले) शीर्ष भूमिकामा छन् । वैशाख १ गते नयाँ वर्षको दिन विपिन कार्की स्टारर फिल्म ‘पहाड’ प्रदर्शनमा आउने तय छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : २६ बजे

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र