कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् ।

सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको बताइन् ।

त्यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको उनले बताइन् ।

सभामुख गुरुङका अनुसार सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश वटा बैठक बसेको र त्यसमा १३ घण्टा ४२ मिनेट ब्यतित भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १० बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी