कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग « Khabarhub

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२/८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

‘कृषि विषयको अनुसन्धान र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गराएको हो,’ उनले भने, ‘यसबाट कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोगको अपेक्षा गरेका छौँ ।’ नेपाल जस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए ।

निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ । अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक/एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ११ : ५७ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०