नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस   « Khabarhub

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

स्थापना दिवसका अवसरमा महासंघले काठमाडौंको सिनामंगल पिपलबोटदेखि सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रभातफेरीपछि सञ्चारग्राममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउने बताइन् । 

उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा महासंघ सशक्त रूपमा उभिने धारणा राखिन् । अहिले करिब दुई तिहाइ नजिकको सरकार बनेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न उनले आग्रह समेत गरिन् ।

उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए कुनै हालतमा चुप लागेर नबस्ने स्पष्ट पारिन् । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । 

वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : २६ बजे

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क

नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वैदेशिक रोजगारीमा जानु नपर्ने