भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’ « Khabarhub

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि आयोजनामा कर्मचारीले अतिरिक्त शुल्क (कमिशन) मागे आफूलाई जानकारी गराउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार सर्कुलर जारी गर्दै मन्त्रीसँग भएको छलफलपछि सदस्यहरूलाई अतिरिक्त रकम नदिन निर्देशन दिएको हो ।

अध्यक्ष रवि सिंह नेतृत्वको टोलीसँगको भेटमा पूर्वाधार विकासमा हुने अनियमितता र गुणस्तरीय काममा देखिने अवरोधबारे छलफल भएको थियो ।

निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेपछि पनि भुक्तानी पाउन ढिलाइ हुने र बिल पास गराउन प्रतिशतका आधारमा कमिसन दिनुपर्ने दबाब रहेको गुनासो गरेका छन् ।

‘भुक्तानी प्रक्रियामै अनावश्यक झन्झट र अतिरिक्त रकम माग्ने प्रवृत्ति रहेको छ,’ व्यवसायीहरूले भनेका छन् ।

महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘अबका दिनमा निर्माणाधीन आयोजनासँग सम्बन्धित कुनै तहका सरकारी अधिकारीलाई अतिरिक्त शुल्क नदिन मन्त्रीज्यूबाट निर्देशन प्राप्त भएको छ ।’

मन्त्री लम्सालले ‘कसैले पनि कामको सिलसिलामा अतिरिक्त रकम मागे तुरुन्त जानकारी दिनू, कारबाही हुन्छ’ भन्दै काम समयमै सम्पन्न गर्न र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : २६ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका