असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा « Khabarhub

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा लाखौँको आलुखेतीमा क्षति पुगेको छ । लगातारको बेमौसमी वर्षासँगै खसेको असिनाले सिङ्गो गाउँभर गरिएको आलुखेती नष्ट गरेपछि दर्जनौँ आलु किसान मारमा परेका छन् । 

शुक्रबार दिउँसो खसेको असिनाले एक हजार पाँच सय रोपनी क्षेत्रमा लगाइएको आलु पुरै नष्ट गरेपछि आलु किसान अहिले चिन्तित छन् ।

विगत केही दिन देखि परेको अविरल वर्षासँगै आएको असिना पानीले एवोको जिरेल टोल, कार्की टोल, बस्नेत गाउँ र खत्री गाउँमा लगाइएको करिब ७ सय मुरी आलुखेती सबै नष्ट पारेको स्थानीय किसान बल बहादुर जिरेलले बताए ।

उनले यस वर्ष २५ मुरी आलुको बिउँ लगाएकोमा सबै असिना पानीले नष्ट गरेको सुनाए । 

त्यसैगरी सोही गाउँका अर्का किसान तिलक जिरेलको पनि १५ मुरी आलुखेती नष्ट भएको बताए । रोपेको ३ महिना नबित्दै असिना लागेपछि अहिले हरियाली आलुबारी बाझो बारीमा परिणत भएको उनले सुनाए ।

यहाँका किसानको मुख्य आम्दानीको स्रोत तथा दैनिक गुजारा चलाउने खेती नै आलु भएकाले करोडौँको आलुखेती असिनाले नष्ट पारेपछी सिङ्गो गाउँ नै चिन्तित बनेको छ ।

गत वर्ष स्थानीय सहकारीमार्फत करिब साढे दुई करोड बराबरको आलु बिक्री गरेका स्थानीयलाई यस वर्ष भने प्राकृतिक प्रकोपले ठुलो पिडा दिएको छ । वर्षभरिको मुख्य कमाइमा असिना लागेपछि अब के गर्ने भन्ने अन्योलमा रहेको स्थानीय ललित बहादुर बस्नेतले दुखेसो गरे ।

बस्नेतले गत वर्ष ६ लाख बराबरको आलु बिक्रीबाट आम्दानी लिएका थिए । तर यस पटक भने चैतमै आलुमा असिना लागेपछि अर्को सिजनसम्म बारी बाझै बस्ने चिन्ता छ । समुद्री सतह देखि करिब २२/२५ सय उचाइ अवस्थित एवो गाउँ वैतेश्वरकै टाढा र विकट लेकाली गाउँ हो ।

करिब दुई हजार रोपनी क्षेत्रफलमा लगाएको आलुमा नियमित परेका पानी र असिनाले चुट्दा आलुको बोट नस्ट भएसँगै चिचिला लाग्दो आलु बारीमै कुहिने देखिएको वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताए। 

मौसमी वर्षे बालीको रूपमा मंसिर/पुसमा आलुखेती हुने उक्त क्षेत्रमा साउन देखि आलु खन्ने गरिन्छ । आलु नष्ट हुँदा बेमौसमी आलुको लागि बिउनै अभाव हुने भएको छ ।

  • पीडित आलु किसानलाई गाउँपालिकाले राहत उपलब्ध गराउने 

वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेर आउँदो बजेटबाट किसनलाई राहत उपलब्ध गराउने बताए ।

असिनाले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न पालिका अध्यक्ष लामासहित उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, कृषि प्राविधिकको टोली एवो पुगेको थियो ।

उक्त टोलिले पीडित ८७ जना आलु किसानको विवरण संकलन गरेर फर्केको वैतेश्वरका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए ।

 सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ०७ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता