प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय « Khabarhub

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा राना मगरले प्रधानमन्त्री बालेन्द्र शाहसँग कोशी प्रदेशका नवनिर्वाचित सांसदहरूको भेटघाट अत्यन्त सकारात्मक र सार्थक भएको बताएकी छन् ।

सांसद राना मगरले सामाजिक सञ्जालमा शेयर गरेको जानकारीअनुसार, यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रमा तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन विकाससँग सम्बन्धित विभिन्न विषयमा गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरेकी छन् ।

भौतिक पूर्वाधार विकास अन्तर्गत पुल, बाटो, नाला र घाटो निर्माण, ग्रामीण र शहरी क्षेत्रका आधारभूत संरचनाको सुदृढीकरण, कृषि क्षेत्रको सिंचाइ, उत्पादन आधारित प्रोत्साहन, साथै विपद् व्यवस्थापन र बाढी–पहिरो जोखिम न्यूनीकरणका विषय प्रमुख रूपमा उठाइएका छन् ।

सांसद राना मगरले युवाहरूमा लागूऔषध दुर्व्यसनको समस्या, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू तथा सीमान्तकृत समुदायको अधिकार, सुरक्षा र समावेशी विकासका विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको बताए ।

त्यसैगरी, खानेपानी समस्या, बजार व्यवस्थापन, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बस्तीको व्यवस्थित बसोबास सम्बन्धी मुद्दाहरूमा पनि सार्थक छलफल भएको उनले उल्लेख गरेकी छन्।

सांसद राना मगरले आगामी दिनमा थप छलफल, बैठक र सम्बन्धित निकायसँग समन्वय गरी यी समस्याहरूको समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले भनेकी छन्, ‘क्षेत्रको मात्र होइन, सिंगो देशको समग्र, समावेशी र दिगो विकास आजको प्रमुख आवश्यकता हो।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ९ : ०५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज