आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित « Khabarhub

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बईले दिएको २४४ रनको लक्ष्य हैदरावादले आठ बल अगाडि नै २४९ रन बनाएर पूरा गर्‍यो


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । आईपीएलको ४१ औं खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा बुधबार राति भएको उच्च स्कोरको खेलमा हैदरावादले विशाल लक्ष्य सहजै पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि ब्याटरले आक्रामक प्रदर्शन गरे पनि टोलीको यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

२४४ रनको कठिन विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले मात्र १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो । ‘प्लेयर अफ द म्याच’ बनेका हेनरिक क्लासेनले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा अविजित ६५ रन जोडे। उनले ब्याटिङसँगै दुईवटा क्याच समेत लिएका थिए ।

हैदरावाद तालिकाको तेस्रो स्थानमा यथावत छ भने हारसँगै मुम्बई इन्डियन्स नवौँ स्थानमा खुम्चिएको छ । शीर्ष स्थानको पञ्जाबको १२ अंक छ भने समान अंक भएका आरसिबी, हैदरावाद र राजस्थान रनरेटका आधारमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ६ : ३० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको