आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित « Khabarhub

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बईले दिएको २४४ रनको लक्ष्य हैदरावादले आठ बल अगाडि नै २४९ रन बनाएर पूरा गर्‍यो


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । आईपीएलको ४१ औं खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा बुधबार राति भएको उच्च स्कोरको खेलमा हैदरावादले विशाल लक्ष्य सहजै पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि ब्याटरले आक्रामक प्रदर्शन गरे पनि टोलीको यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

२४४ रनको कठिन विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले मात्र १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो । ‘प्लेयर अफ द म्याच’ बनेका हेनरिक क्लासेनले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा अविजित ६५ रन जोडे। उनले ब्याटिङसँगै दुईवटा क्याच समेत लिएका थिए ।

हैदरावाद तालिकाको तेस्रो स्थानमा यथावत छ भने हारसँगै मुम्बई इन्डियन्स नवौँ स्थानमा खुम्चिएको छ । शीर्ष स्थानको पञ्जाबको १२ अंक छ भने समान अंक भएका आरसिबी, हैदरावाद र राजस्थान रनरेटका आधारमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ६ : ३० बजे

सुनसरीमा साँझ ५ बजेसम्मलाई कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक