इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति « Khabarhub

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वार्ताको टेबलमा फर्काउन कठोर बन्दै ट्रम्प


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा ल्याउनका लागि ‘सामुद्रिक नाकाबन्दी’ लाई नै उत्तम विकल्पका रूपमा रोजेका छन् । आफ्ना शीर्ष सल्लाहकारसँगको हालैको छलफलमा ट्रम्पले इरानी बन्दरगाहमा जारी अमेरिकी नौसैनिक अवरोधलाई निरन्तरता दिन निर्देशन दिएका हुन् ।

यस रणनीतिको मुख्य उद्देश्य इरानको अर्थतन्त्रमा अधिकतम चोट पुर्‍याएर सैन्य आक्रमण बिना नै तेहरानलाई सम्झौताका लागि बाध्य पार्नु रहेको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । यस योजनाअन्तर्गत हर्मुजलाई दीर्घकालीन रूपमा बन्द गर्ने तयारी समेत सुरु गरिएको छ ।

छ हप्तामा सकिने अनुमान गरिएको यो युद्ध नवौँ सातामा प्रवेश गरेसँगै राष्ट्रपति ट्रम्पका लागि जोखिम समेत बढ्दै गएको छ । जल मार्ग बन्द हुँदा अमेरिकामा इन्धनको मूल्य वृद्धि भएको छ, जसले गर्दा ट्रम्पको लोकप्रियता र विशेष गरी अर्थतन्त्र सम्हाल्ने क्षमतामाथि प्रश्न उठ्न थालेको छ । पेन्टागनका अनुसार हालसम्म अमेरिकाले यस युद्धमा २५ अर्ब डलर खर्च गरिसकेको छ । यो बढ्दो खर्च र जनआक्रोशले आउँदो नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन पार्टीको नतिजालाई असर गर्ने चिन्ता बढाएको छ ।

कडा आर्थिक दबाबका बाबजुद इरानले आत्मसमर्पण गर्नेमा शंका व्यक्त गरिए पनि ट्रम्प भने आफ्नो अडानमा स्पष्ट देखिएका छन् । उनले बुधबार एक अन्तर्वार्ताका क्रममा भनेका छन्, “बमबारी भन्दा नाकाबन्दी बढी प्रभावकारी देखिएको छ । इरान अहिले निसास्सिरहेको छ र यो अवस्था अझै खराब हुनेछ । हामी उसलाई परमाणु हतियार बनाउन दिने छैनौँ ।”

ट्रम्पले ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै यो युद्ध युक्रेन युद्ध जस्तै लामो समयसम्म चल्न सक्ने संकेत समेत गरेका छन्।

अमेरिकी अधिकारीहरूले प्राप्त गरेको गुप्तचरी सूचना अनुसार, नाकाबन्दीका कारण बिक्री नभएको तेल भण्डारण गर्न इरानलाई सकस परिरहेको छ । इरानको अर्थतन्त्र अब केही हप्ता वा केही दिन मात्र टिक्न सक्ने दाबी गरिएको छ । ट्रम्पले तेलको पाइपलाइनमा चाप बढेर प्राविधिक रूपमा क्षति पुग्ने र त्यसलाई पुनर्जीवन दिन असम्भव हुने चेतावनी समेत दिएका छन्।

इरानले आफ्नो आणविक संवर्धनको सीमा घटाएर ट्रम्पका सर्त नमानेसम्म अमेरिकाले यो आर्थिक घेराबन्दी खुकुलो नपार्ने देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ०१ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि