एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच « Khabarhub

एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि २०८१ साल भदौ ११ गते शुभारम्भ गरिएको थियो ।

उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए ।

गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले करिब तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।

नाचको बीचबीचमा हनुमानहरूलाई वीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले पूजाविधिका कारण हनुमानहरूलाई वीर चढ्ने (लाग्ने) गरेको बताइन्छ ।

यसपटक पनि विगतमा जस्तै दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाको सहभागिता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाचसँगै १४ वटा टोल पूजा सम्पन्न गरिएका छ ।

मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउँदै आएका छन् । कोरोनालगायत कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मूर्ति बागलुङ बजार परिक्रमा गरी पुनः प्रतिस्थापन गरिएको छ ।

खर्चिलो नाचका रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र हाल नौ वर्षमा मनाउन थालिएकोे हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिए ।

उक्त नाच रामायण कथामा आधारित रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास पाइन्छ । बीचमा हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको मलेपतीले बताए ।

नाच बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ । २०८१ साल भदौ ११ गते नारायणचोकबाट नौ वर्षपछि सुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित शुभारम्भ र समापनसहित १९ स्थानमा देखाइएको छ ।

हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङको पहिचानसँग हनुमान नाच जोडिएको बताए । कार्यक्रममा हनुमान नाचमा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ११ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित