अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छन् ।

अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भने भेटघाटका लागि अहिलेसम्म कुनै कार्यतालिका नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गोर बङ्गलादेश, भुटान, श्रीलंका, काजकिस्तानलगायत देशको भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् । गोरको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ९ : २३ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र