बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल « Khabarhub

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट स्थानीयस्तरमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको हो ।

हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन् । खुङ्खानीमा समाज काठमाडौँ र स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट रु २८ लाख बढी रकम सङ्कलन गरी रु १८ लाखमा जग्गा खरिद गरेर अस्पताल निमार्ण सुरु गरिएको थियो ।

विसं २०७८ मा पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण सुरु गरिएकामा पुनर्निमार्णको म्याद सकिएसँगै सघन सहरी विकास कार्यालय बागलुङले कामको जिम्मा लिएको थियो । करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त अस्पतालले खुङ्खानी स्वास्थ्यचौकीबाट प्रदान गरिँदै आइएको सम्पूर्ण सेवा उपलब्ध गराउने तमानखोला गाउँपालिका–५ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हीराबहादुर विश्वकर्माले बताए ।

उनका अनुसार आधुनिक संरचनाअनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । “अहिलेलाई नयाँ भौतिक संरचनामा रहेर अत्याधुनिक र सुविधासम्पन्न सेवा थप होला भन्नेमा आशावादी छाैँ”, स्थानीय तेजमान र्सिपालीले भने, “अस्पताल निर्माण हुनु भनेको यहाँका स्थानीयका लागि ऐतिहासिक उपलब्धि हो । यसले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

अब गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । उनले प्राथमिक उपचारको लागि मात्र नभएर अन्य थप सेवा पनि लिनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । तमानखोला गाउँपालिका-५ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको बताए । यसले स्थानीयवासीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आधारभूत अस्पतालमो मापदण्डा पूरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदासम्म भने स्वास्थ्यचौकीकै सेवा प्रदान भइरहने छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उपाध्यक्ष हीराकुमारी छन्त्यालको भनाइ छ । अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने विश्वास स्थानीयको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ६ : ०४ बजे

रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता

ठाकुरद्वारा– कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

अध्यादेशविरुद्ध विपक्षीको मोर्चाबन्दीले राष्ट्रपतिलाई सकस

काठमाडौं- सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएपछि विपक्षीहरुले