रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय « Khabarhub

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ ।

मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले जानकारी दिए । अदालतले बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई फरक–फरक सजाय तोकेको छ ।

घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र रु सात हजारका दरले जरिवानाको फैसला सुनाएको छ । जनप्रतिनिधिको ओहदामा रहेर पनि अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पुर्याएको ठहर गर्दै वडा सदस्य साहलाई भने थप छ महिना कैद सजाय तोकिएको छ ।

त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ ।

२०८१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन जना युवकले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए । पीडा र चोटका साथ भोलिपल्ट बिहान ३ः०० बजे घर आइपुगेकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । तर, यो जघन्य अपराधलाई प्रहरीसम्म पुग्न नदिई गाउँमै गुपचुप राख्ने प्रयास गरिएको थियो ।

घटनाको भोलि र पर्सिपल्टअर्थात् माघ २९ र ३० गते स्थानीय वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्यो । पञ्चायतीले दोषीहरूलाई रु एक लाख ५१ हजार जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरेको थियो । तर, जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा मिलेन । सोही दिन (माघ ३० गते) रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई सुरुदेखि नै शङ्कास्पद मानिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : ३८ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र