डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई « Khabarhub

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् ।

कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो जिम्मेवारी पाएका पाण्डेले बिहीबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले किसानको ५० करोड रुपैयाँ बराबरको बक्यौता आगामी तीन महिनाभित्र भुक्तानी गरिसक्ने योजना बनाएको बताए ।

‘मेरो पहिलो प्राथमिकता किसानको बाँकी रकम चुक्ता गर्नु हो,’ पाण्डेले भने, ‘तीन महिनाभित्र सबै बक्यौता तिरेर आगामी दिनमा दूध खरिद गरेको १० देखि १५ दिनभित्रै किसानले पैसा पाउने गरी नियमित भुक्तानी प्रणाली (पेमेन्ट साइकल) विकास गर्ने मेरो योजना छ ।’

पाण्डेको नियुक्तिसँगै डीडीसीको कर्मचारी संरचनामा पनि केही फेरबदल भएको छ । यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा संस्थानकै आठौँ तहको जिम्मेवारीमा फर्किएका छन् ।

त्यस्तै, विगतमा मन्त्रालय तानिएका राजेन्द्र अधिकारीले संस्थानको नायब महाप्रबन्धक (डीजीएम) को रूपमा पुनः जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिक्री केन्द्रहरूको विस्तार र उत्पादनको गुणस्तरमा सुधार ल्याएर उपभोक्ताको विश्वास जित्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउन अधिकतम प्रयास गर्ने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १० : ०१ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक