बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा « Khabarhub

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि आज परिचर्चा गरिएको छ । आज नागार्जुन वाङ्यमय प्रतिष्ठानले परिचर्चा कार्यक्रम आयोजना गरेको हो ।

शुभप्रभात काव्यगोष्ठीसमेतको उक्त कार्यक्रममा साहित्यकार एवं अन्तर्वार्ताकार दील पौडेलद्वारा सङ्कलित उक्त पुस्तकमा विभिन्न विचारधारा र विधाका स्रष्टाहरूसँगको साहित्यिक प्रश्नोत्तर समावेश गरिएको जानकारी दिइयो । दुई सय ८४ पृष्ठको कृतिमा प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा कृष्णहरि बराल, प्रा डा कृष्णप्रसाद दाहाल, प्रा डा गङ्गाप्रसाद अधिकारी, डा अमर गिरी, प्रा डा लक्ष्मणप्रसाद गौतम, सहप्रा यज्ञेश्वर निरौला, डा छायादत्त न्यौपाने, प्रा डा रामप्रसाद ज्ञवालीसँगको अन्तर्वार्ता समावेश छन् ।

यसैगरी, डा देवी दुलाल क्षेत्री, प्रा डा नारायणप्रसाद गड्तौला, डा विदुला दाहाल घिमिरे, डा विनोद मञ्जन, डा गायत्री विष्ट, डा गीता त्रिपाठी, डा रजनी ढकाल, डा हरिप्रसाद सिलवाल, प्रा डा देवी नेपाल, डा रमेश शुभेच्छु र पवन चाम्लिङ ‘किरण’ का अन्तर्वार्तासमेत पुस्तकमा रहेका छन् । परिचर्चा कार्यक्रममा समालोचक सहप्रा डा फणिन्द्रराज निरौलाले विचार, चिन्तन, व्यक्तित्व, विषय र विधागत उजगारका लागि अन्तर्वार्ताहरू पठनीय भएको बताए ।

उनले प्रगतिशील विचारधारामा व्यक्तित्वलाई प्राथमिकता दिएर यस प्रकारको पुस्तक नेपाली साहित्यमा सम्भवतः पहिलो भएको टिप्पणी गरे । अन्तर्वार्ताकार पौडेलले समाज परिवर्तनको चाहना राख्ने कर्मनिष्ठ स्रष्टाले प्रश्नको उत्तर दिँदा निडर, निष्पक्ष र सत्यमा आधारित भएर दिएको अनुभव सुनाए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराईले साहित्यिक व्यक्तित्वका अन्तर्वार्तालाई पनि सङ्ग्रहणीय बनाउन सकिने उदाहरण ‘प्राज्ञिक संलाप’ बन्न पुगेको बताए । वाचित कवितामाथि समीक्षा गर्दै समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले आजका कवितामा समसामयिकता र युगबोध पाइए पनि कवित्व र गाम्भीर्यतामा मेहनत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ‘स्रष्टा विशेष’अन्तर्गत कवि शोभा दुलालका छ वटा कविता प्रस्तुत गरिएका थिए भने वरिष्ठ कवि पूर्ण विरामका दुई कविता रोमा लम्साल र प्रकाश कोइरालाले वाचन गरेर प्रतिस्पर्धा गराइएको थियो । त्यस अवसरमा राधा कार्की, चेवन बस्नेत, मुकुन्दराज शिवाकोटी, अमर अधिकारी, पदम दाहाल, कृष्ण बाउसे, गोपालकुमार मैनाली, नवराज रायमाझी, राजनप्रसाद न्यौपाने, अल्फिफोहेन फाक्लुप्पा, रत्तनिधि रेग्मी ‘शुक्राचार्य’, पार्वती भट्ट, विद्या अनामिका तिवारी, डिपी आत्रेय, बिबिसा रम्तेल, सृजना अर्याल, भगवती पाण्डेलगायतले रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ३ : १७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,