मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ १६ पैसा र बिक्री दर १७२ रुपैयाँ ८४ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ५५ पैसा र बिक्री दर २०० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

त्यसैगरी स्विस फ्राङ्क एकको खरिद दर १८६ रुपैयाँ ७४ पैसा र बिक्री दर १८७ रुपैयाँ ४८ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ १६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४० पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ७१ पैसा र बिक्री दर ११७ रुपैयाँ १७ पैसा रहेको छ । एसियाली मुलुकहरू तर्फ जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ २२ पैसा र बिक्री दर २२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

नेपाली बजारमा स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ । साउदी अरबियन रियाल एकको खरिद दर ४० रुपैयाँ २० पैसा र बिक्री दर ४० रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर ४१ रुपैयाँ ५८ पैसा कायम हुँदा संयुक्त अरब इमिरेट्स (यूएई) को दिराम एकको खरिद दर ४१ रुपैयाँ ११ पैसा र बिक्री दर ४१ रुपैयाँ २७ पैसा तोकिएको छ । मलेसियाली रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ०८ पैसा र बिक्री दर ३७ रुपैयाँ २३ पैसा रहेको छ भने दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : १६ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति