जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु « Khabarhub

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण्ड मच्चाएको जर्मन प्रहरीले जनाएको छ । ह्याम्बर्ग नजिकै रहेको उक्त कल्याणकारी संस्थामा कार्यरत चार महिला र दुई पुरुष गरी ६ जना कर्मचारीको गोली लागेर मृत्यु भएको हो । घटनामा अन्य केही व्यक्ति घाइते समेत भएका छन् ।

जर्मन अधिकारीका अनुसार गोली चल्ने समयमा ती तीन महिने शिशु र उनकी आमा कार्यालय भित्रै रहे पनि उनीहरूलाई कुनै चोटपटक लागेको छैन । घटना लगत्तै सक्रिय भएको प्रहरीले मुख्य संदिग्ध बन्दुकधारीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । हाल सर्वसाधारणका लागि कुनै सुरक्षा खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ ।

स्थानीय समय अनुसार सोमबार दिउँसो डङ्करस्ट्रास सहरमा रहेको युवा कल्याण केन्द्रमा गोली चलेको पहिलो सूचना प्रहरीलाई प्राप्त भएको थियो । गोली प्रहारबाट पाँच जनाको घटनास्थलमै र छैटौँ व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको लुनेबर्गका प्रहरी प्रमुख क्याथरिन सुओलले जानकारी दिएकी छन् । मारिएका सबै मृतकहरू वयस्क उमेरका रहेका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ४५ वर्षीय संदिग्ध बन्दुकधारी जर्मनीमै जन्मिएका टर्किस नागरिक हुन्, जो हाल ह्यानोभरमा बस्दै आएका थिए ।

आफ्नी छोरीको कस्टडीका विषयमा छलफल गर्न सोमबार सोही केन्द्रमा उनको बैठक तय गरिएको थियो र बैठकमा मारिएका अधिकांश कर्मचारी सहभागी थिए । संदिग्ध बन्दुकधारी यसअघि पनि धम्की दिने कार्यमा संलग्न रहेको विवरण प्रहरी रेकर्डमा देखिए पनि उनी यतिसम्म हिंसात्मक हुन सक्ने अनुमान नगरिएको प्रहरी प्रमुख सुओलले बताइन् । पक्राउ परेका ती व्यक्तिसँग हतियार चलाउने आधिकारिक अनुमति पत्र (लाइसेन्स) समेत नरहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : २८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था