कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार « Khabarhub

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ । तर, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ । इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष (फन्ड) फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो ।

अमेरिकी कंग्रेस सदस्य (सांसद) रसिदा त्लेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गरेकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद त्लेबले इजरायलको ‘रङ्गभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियान’ मा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसद् (कंग्रेस) मा पुनः मतदानका लागि दबाब दिने बताएकी छन् ।

लेबनानमा इजरायली सैन्य कारबाहीका कारण अहिलेसम्म ४ हजार २५० भन्दा बढी सर्वसाधारणको नरसंहार भइसकेको दाबी गर्दै सांसद त्लेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप लगाएकी छन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ४९ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज