कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार « Khabarhub

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ । तर, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ । इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष (फन्ड) फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो ।

अमेरिकी कंग्रेस सदस्य (सांसद) रसिदा त्लेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गरेकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद त्लेबले इजरायलको ‘रङ्गभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियान’ मा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसद् (कंग्रेस) मा पुनः मतदानका लागि दबाब दिने बताएकी छन् ।

लेबनानमा इजरायली सैन्य कारबाहीका कारण अहिलेसम्म ४ हजार २५० भन्दा बढी सर्वसाधारणको नरसंहार भइसकेको दाबी गर्दै सांसद त्लेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप लगाएकी छन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ४९ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता