नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै मोरक्को विश्वकपको अन्तिम १६ मा : अब क्यानडासँग खेल्ने « Khabarhub

नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै मोरक्को विश्वकपको अन्तिम १६ मा : अब क्यानडासँग खेल्ने


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे रंगशालामा मंगलबार भएको राउन्ड अफ ३२ को खेलमा मोरक्कोले डच टोलीको चुनौती पन्छाएको हो । टाइब्रेकरमा मोरक्कोका लागि इस्माइल सइबारीले बल जालीमा चुमेपछि मोरक्कन खेलाडी र समर्थक खुसीयालीमा झुमेका थिए । निर्णायक पेनाल्टी प्रहार गरेलगत्तै सइबारीले जर्सी फुकालेर जितको उत्सव मनाएका थिए ।

यसअघि खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा मोरक्कोका इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

जितसँगै मोरक्कोले अब आगामी शनिबार हुने अन्तिम १६ को खेलमा क्यानडाको सामना गर्नेछ भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ९ : ४९ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको