झापामा भारी वर्षाको पूर्वानुमान: ८ हजार घरधुरी बाढीको जोखिममा, उच्च सतर्कता « Khabarhub

झापामा भारी वर्षाको पूर्वानुमान: ८ हजार घरधुरी बाढीको जोखिममा, उच्च सतर्कता


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नदी तटीय क्षेत्र र होचा भूभागका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ । झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेका छन् ।

जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा छन् ।

सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई उद्धार तथा राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना बनाएरै पूर्वतयारी थालेको बताए । “जिल्लामा प्राथमिकताका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप नै रहेकाले जनधनको क्षति हुन नदिन सबै उपाय अवलम्बन गरेका छौँ,” उनले भने, “सुरक्षा निकाय, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग निरन्तर समन्वय भइरहेको छ ।”

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाका ८ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन् । रेडक्रस झापाका सभापति लोकराज ढकालले यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिइएको बताए । आकस्मिक अवस्थाका लागि जिल्लाका ७ स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरिएको र १ सय २० जनाभन्दा बढी स्वयंसेवक तथा प्राथमिक उपचार टोली खोज र उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ । असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० नगर प्रहरीलाई विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १० : २५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था