जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा « Khabarhub

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए  ।

जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो ।
  
प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताए ।
  
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताए ।

समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र सङ्ख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । रासस
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : २२ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि