रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार « Khabarhub

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ ग्रहण बुधबार हुने भएको छ।

रास्वपाका नेता मनिष झाले पहिलो महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइने जानकारी दिए।

पार्टी सहमहामन्त्री निशा डाँगीका अनुसार केन्द्रीय सदस्यको शपथपछि निर्वाचित ६ जना पदाधिकारीले पनि शपथ लिने कार्यक्रम तय गरिएको छ।

‘केन्द्रीय सदस्यको शपथ लगत्तै छ जना निर्वाचित पदाधिकारीको पनि शपथ हुनेछ,’ डाँगीले खबरहबसँग भनिन्, ‘शपथपछि केन्द्रीय समितिको बैठक बस्ने सम्भावना छ। तर त्यसबारे अन्तिम निर्णय भइसकेको छैन। छलफल जारी छ।’

रास्वपाको पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपसभापतिमा बालेन्द्र शाह र उपसभापतिमा स्वर्णिम वाग्ले पनि सर्वसम्मत चयन भएका छन्।

पार्टी विधानअनुसार रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये हाल निर्वाचित ६ जनाबाहेक बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने अधिकार राख्छन्। त्यस्तै ३३ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था पनि विधानमा रहेको छ, जसअन्तर्गत पदाधिकारीबाहेकका सचिवालय सदस्य पनि सभापतिले मनोनयन गर्नेछन्।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि एक सातासम्म चितवन मा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ४१ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन