रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार « Khabarhub

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ ग्रहण बुधबार हुने भएको छ।

रास्वपाका नेता मनिष झाले पहिलो महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइने जानकारी दिए।

पार्टी सहमहामन्त्री निशा डाँगीका अनुसार केन्द्रीय सदस्यको शपथपछि निर्वाचित ६ जना पदाधिकारीले पनि शपथ लिने कार्यक्रम तय गरिएको छ।

‘केन्द्रीय सदस्यको शपथ लगत्तै छ जना निर्वाचित पदाधिकारीको पनि शपथ हुनेछ,’ डाँगीले खबरहबसँग भनिन्, ‘शपथपछि केन्द्रीय समितिको बैठक बस्ने सम्भावना छ। तर त्यसबारे अन्तिम निर्णय भइसकेको छैन। छलफल जारी छ।’

रास्वपाको पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपसभापतिमा बालेन्द्र शाह र उपसभापतिमा स्वर्णिम वाग्ले पनि सर्वसम्मत चयन भएका छन्।

पार्टी विधानअनुसार रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये हाल निर्वाचित ६ जनाबाहेक बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने अधिकार राख्छन्। त्यस्तै ३३ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था पनि विधानमा रहेको छ, जसअन्तर्गत पदाधिकारीबाहेकका सचिवालय सदस्य पनि सभापतिले मनोनयन गर्नेछन्।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि एक सातासम्म चितवन मा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ४१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का