सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ « Khabarhub

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । 

आफूहरूसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुख दिएको भन्दै उनीहरूले काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने लगायतका तीन बुँदे माग अघि सारेका छन् ।

आन्दोलनका लागि काठमाडौं आएका सुस्तावासीहरूले जेठ १३ गतेपछि भारतीय सुरक्षाकर्मीले हातहतियार सहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन् । 

भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ’जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरूले माग गरेका छन् । 

भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपुर्जा देखाउन दबाब दिने गरेको उनीहरूको भनाइ छ ।  
 
‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताको माटोसहित काठमाडौं आएका नागरिकहरूले आफूहरूको माग सुनुवाइ नभएसम्म घर नफर्कने जनाएका छन् । 

सरकारले आफूहरूको मागप्रति कुनै सुनुवाइ नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरूले दिएका छन् । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको