‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ? « Khabarhub

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ पुस्ताले उनीहरूलाई विस्थापित गरिहाल्छ । आफ्नो प्राइम अवधि कति लामो बनाउने भन्ने रणनीति कलाकारमै निहित छ ।

लिटी–बिग बजेटको फिल्म गर्ने, कम सार्वजनिक कार्यक्रममा देखिने, सामाजिक सञ्जालमा निस्क्रिय हुनेलगायत स्टारहरूका व्यक्तिगत निर्णयलाई पनि यही रणनीतिमा अन्तर्गत पर्छन् ।

केही नियतबस कन्ट्रोभर्सीको गराएर पनि आफूलाई चर्चामै राख्न चाहान्छन् । यसलाई नै खासै राम्रो रणनीतिमा मानिँदैन । कारण– ब्याक फायर पनि हुनसक्छ ।

जे–जस्तो रणनीति अपनाए पनि प्राइमबाट विस्थापन हुनै पर्छ । यो प्रक्रिया नै हो ।

नायिका प्रियंका कार्कीले प्राइममा रहन माथि उल्लेख गरिएका सबै रणनीति अपाइन् । तर, उनी विस्थापित भइन् नै । अहिले आफ्ना लागि आफैँ फिल्म बनाउने अवस्थामा पुगेकी छिन् ।

प्राइम र छायाँ

विवादित अन्तर्वार्ता, रङ्गिन खुराक वा निजी चासो उजागर, बेड सिन, बोल्ड लुक्स, ओपन रिलेसन यी सबै कुराले प्रियंका चर्चामै रहिन् । प्राइममा रहँदा उनका साना कुरा पनि चर्चाका विषय बन्थे ।

यो कुराले पनि उनलाई व्यावसायिक फाइदा पनि दियो– व्यस्त बनायो ।

प्राइममा रहँदा उनको अभिनय क्षमताको पनि खुबै प्रशंसा हुन्थ्यो । मेकरहरू नै भन्थे– ‘प्रियंका फिट नहुने रोल नै छैन ।’

हुन पनि उनले बोल्ड युवती र आमाको दुवैभूमिकामा आफूलाई प्रस्तुत गरिन् । बोल्ड बेड सिन र ग्रामीण युवतीको भूमिकामा पनि फिट नै थिइन् । दर्शकले मन नै पराए ।

उनी सर्वाधिक व्यस्त रहेको वर्ष सन् २०१५ हो । यस वर्ष उनले ७ फिल्म दिइन् । उनको प्राइम समय विसं २०७० को दशकको सुरुवाती पाँच वर्ष नै हो । यही अवधिमा उनले हिट फिल्म दिइन् ।

‘छक्का पञ्जा टिम’को फिल्म पनि उनले यही समय गरेकी हुन् । जुन उनको करिअकै सर्वाधिक हिट हो । यहीताका प्रियंकाका हरेक गतिविधि चर्चामा हुन्थे ।

०७५ पछि लगातारको फ्लपले प्रियंका किनारा लाग्दै गइन् । पछिल्लो केही वर्षलाई हेर्ने हो भने उनले फिल्म नै पाएकी छैनन् भन्दा हुन्छ । पाए पनि नयाँ ब्यानर– मेकरहरूको फिल्म पाउने गरेकी छिन् ।

बढी सहायक भूमिकामा काम पाउन थालिन् । ती फिल्मले उनलाई पुरानो क्रेज दिलाउन सक्थ्यो !

उनी फिल्मबाट छायाँमा परेको गज्जब उदाहरण हो– ‘सी ग्रेड’को म्युजिक भिडियो ‘मकै बारी दर्‍याम दर्‍याम’ । उक्त भिडियो हेरेपछि दर्शकले नै भनेका थिए, ‘प्रियंकाको दिन यति नराम्रो चलेको छ ?’

अहिले उनले आफ्नै लगानीमा फिल्म ‘मास्टर्नी’ लिएर आउने तयारीमा छन् । यस क्रममा उनले ‘लिड रोल नपाएर मेकिङकमा आएको’ भन्ने प्रश्न सामना गरिरहेकी छिन् । यसबारे उनको जवाफ छ, ‘जे सोच्दा नि हुन्छ ।’

लिड रोल नपाइरहेको अवस्थामा आफ्नो लगानीमा बनेको फिल्म आफैँ नायिकाको भूमिकामा देखिनुले त्यही संकेत गर्छ ।

के गर्ला ‘मास्टर्नी’ले ?

प्रियंकालाई ‘मास्टर्नी’ हिट हुनुपर्ने दोहोरो दबाब छ । पहिलो लगानी सुरक्षित हुनुपर्‍यो । दोस्रो– यही फिल्मले करिअर उकास्नु पर्ने छ । मेकिङमा पहिलो गाँसमा ढुंगा लाग्नु भने पनि राम्रो अनुभव बन्दैन ।

फिल्म प्रचारका लागि उनले ‘म्याथ सिक्ने भए…’ शीर्षकको निकालेर विवादमा परिसकिन् । विवादमार्फत् प्रचार गर्ने ट्रेडिस्नल शैलीले कत्ति काम गर्छ ? त्यो केही दिनमा थाहा हुन्छ ।

तथापि, दर्शकले फिल्म आउँदैछ भन्नेबारे जानकारी भने पाए । कत्तिले फिल्म बहिस्कार गर्ने घोषणा गरेका छन् ।

हेरौँ- प्रियंकाको करिअरमा ‘मास्टर्नी’ले के फरक पार्छ ? कमब्याक गराउँला त ?

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : २८ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी