धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो « Khabarhub

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु शुक्रबार बिहानका लागि केही खुकुलो बनाएको छ । सर्वसाधारणको सुविधाका लागि प्रशासनले आज बिहान ६ देखि ८ बजेसम्मका लागि दुईघण्टा कर्फ्यु खुकुलो पारिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन् ।

यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन् । प्रशासनले निर्धारित समयभित्रै सामान खरिद गरी आफ्नो निवासमा फर्किसक्न अनुरोध गरेको छ । सूचनामा अन्य समयमा कर्फ्युको पूर्ण पालना गर्न सबैमा अनुरोध गरिएको छ ।

कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी व्यक्तिहरुलाई परिचयपत्रको आधारमा आउजाउ गर्न दिइने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : २९ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला