कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ « Khabarhub

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग गएराति सहमति भएसँगै आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले आवश्यक निर्णय र कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले भनेका छन् ‘ दुःखद घटनामा ज्यान गुमाउनु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहता प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकार पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदछ।’

गृहमन्त्री गुरुङले सहमतिअनुसार मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेसहितका सहमति भएको उल्लेख गरेका छन् ।

सहमतिअनुसार मृतकको आजै अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ४५ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश