गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त « Khabarhub

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

ट्रम्प भन्छन्– शान्ति सम्झौतामा ऐतिहासिक कदम


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहहरूले गाजामा आफ्ना हतियारहरू बिसाउने योजना समेटिएको एक सम्झौता पत्रमा सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि ‘बोर्ड अफ पिस’ले सहमति जुटाएको दाबी गर्दै यसलाई शान्ति र सुरक्षाका तर्फ एक ऐतिहासिक र ठूलो कदम भएको बताएका छन् ।

हमासका वार्ता टोलीका सदस्य गाजी हमादले वार्ताहरू निकै कठिन र चुनौतीपूर्ण भए पनि सम्भव भएसम्म उत्कृष्ट ढाँचा तयार पार्ने प्रयास गरेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । उनले सहमतिबारे चाँडै औपचारिक वक्तव्य सार्वजनिक हुने बताए ।

इजरायली सेनाले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेमा हमासले सम्झौताको कुनै अंश लागू नगर्ने हमादले स्पष्ट पारेका छन्। हतियार बिसाउने कार्य इजरायली सेनाको गाजाबाट फिर्ता र गाजाको पुनर्निर्माणमा हुने प्रगतिमा निर्भर रहने उनको भनाइ छ ।

इजरायलले भने अहिलेसम्म सम्झौताबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन । ट्रम्पले निःशस्त्रीकरण प्रक्रिया पूरा हुँदै गएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताएका छन्। उनले यसलाई गाजामा अन्ततः नयाँ प्यालेस्टिनी सरकारको शासन स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताएका छन् ।

यता, बोर्ड अफ पिसले यो सम्झौतालाई ऐतिहासिक सफलता भनेको छ। बोर्डले जारी गरेको वक्तव्यमा पहिलोपटक हमासले आफ्ना सबै हतियार त्याग्नका लागि कार्यान्वयनयोग्य योजनामा औपचारिक रूपमा प्रतिबद्धता जनाएको उल्लेख छ। त्यसपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताइएको छ।

योजनाअन्तर्गत गाजामा रहेका अन्य साना सशस्त्र समूहलाई पहिलो चरणमै निःशस्त्रीकरण गरिनेछ। त्यसपछि हमासले सुरुङ, हतियार भण्डार र हतियार उत्पादन केन्द्रजस्ता आफ्नो सैन्य पूर्वाधार क्रमशः हटाउनेछ । यस्तो प्रक्रिया लामो समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १० : २२ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत