देवानगञ्जका पीडितसँगको सहमतिमा स्थानीय सरकारलाई बेवास्ता गरिएको गुनासो « Khabarhub

देवानगञ्जका पीडितसँगको सहमतिमा स्थानीय सरकारलाई बेवास्ता गरिएको गुनासो

अध्यक्ष भन्छन्– हामी नचाहिने रहेछ, गृहमन्त्रीले आफूखुसी गरून्


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आइतबारदेखि तनाव भएको सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका गृहमन्त्री सुधन गुरूङले स्थानीय सरकारलाई बेवास्ता गरेका छन् ।

स्वास्थ्यमन्त्री निशा मेहतासहित गएराति देवानगञ्ज गाउँपालिकाको कार्यालय भवनमै पुगेका गुरूङले त्यहाँका देवानगञ्जका अध्यक्ष बेचन मेहतासहित जनप्रतिनिधिहरूलाई बेवास्ता गरेको बताइएको छ ।
गृहमन्त्री गुरुङले आइतबार भएको गोली काण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहताका बुवा कृष्ण देव मेहता र जयप्रकाश मेहताका बुवा नरेश मेहतासँग गरिएको ७ बुँदे सहमतिमा स्थानीय सरकारलाई पूरै बेवास्ता गरेको उनीहरुको आरोप छ ।

सहमति प्रक्रिया र पीडितहरूसँगको संवादमा पनि केन्द्रीय सरकारले स्थानीय पालिकालाई बेवास्ता गरेका कारण उक्त सहमति पत्र कार्यान्वयनमै प्रश्न उठेको छ ।

आफ्नै कार्यालय भवनमा सहमति हुँदा पनि स्थानीय सरकारको भूमिकालाई बेवास्ता गरिएपछि अध्यक्ष मेहताले तत्कालै असन्तुष्टि जनाएका छन् । स्थानीय सरकारले समेत कार्यान्वयन गर्नुपर्ने गरि गरिएको सहमतिमा सुधन आफैँले मात्रै हस्ताक्षर गरेका छन् । सहमति प्रक्रियामा सहभागी नगरिए अध्यक्ष मेहताले गृहमन्त्रीलाई जेजे मन लाग्छ गरून् भनेर असन्तुष्टि पोखेका छन् ।

दुई समुदायबीचको विवादमा दुई जनाको ज्यान जाने गरि घटना भएको क्षेत्रका स्थानीय सरकारका प्रमुखलाई नै बाइपास गरेर गरिएको सहमति कार्यन्वयनमा समस्या हुने देखिएको छ ।
अध्यक्ष मेहताले तत्कालै असन्तुष्टि देखाउँदा उनलाई गृहमन्त्रीका सहयोगी र प्रहरीले समेत हप्कीदप्की गरिरहेको भिडियोमा देखिएको छ ।

गृहमन्त्रीले सिधै पीडितसँग एक्लै गरेको बैठकले समन्वयभन्दा दूरी, सहभागिताभन्दा उपेक्षाको सन्देश दिएको भन्दै स्थानीयले पनि असन्तुष्टि प्रकट गरेका छन् ।

देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश र जयप्रकाशको परिवार र गृह मन्त्रालयबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयनमा स्थानीय सरकारको पनि भूमिका राखिएको छ ।

सम्झौताअनुसार केन्द्र सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ४० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा