भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द « Khabarhub

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरिएका छन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनी दायित्वको कार्यान्वयन तथा समाज कल्याण परिषद्को सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयन गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार समाज कल्याण परिषद्ले सम्बन्धित संस्थालाई पटक–पटक लिखित पत्राचार, सार्वजनिक सूचना तथा अन्तिम ताकेतासमेत जारी गरी बक्यौता बहाल रकम भुक्तानी गर्न आग्रह गरेको थियो । 

तर, बारम्बारको आग्रह र चेतावनीलाई बेवास्ता गर्दै बहाल रकम नबुझाइएपछि नेपाल सरकारको निर्णयअनुसार कानुनी प्रक्रिया अवलम्बन गर्दै ती स्टल बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजले प्रयोग गर्दै आएको स्टल नं ३४ र ६८ तर्फ चैत मसान्त २०८२ सम्म रु दुई करोड ९० लाख २३ हजार ३६७ बहाल बक्यौता रहेको मन्त्रालयले जनाएको छ ।
 
महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनले उक्त बक्यौता रकम असुलउपर गर्नुपर्ने औँल्याएको थियो । सार्वजनिक पुस्तकालय सेवा अन्त्य गर्ने उद्देश्य नभएको स्पष्ट गर्दै मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै समाज कल्याण परिषद्को पुनःसंरचना र व्यवस्थापन सुधारपछि पुस्तकालय सेवालाई अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री ढङ्गले पुनः सञ्चालन गरिने जनाएको छ ।
 
सार्वजनिक सम्पत्तिको उपयोग गर्ने सबै संस्था तथा निकायले सम्झौता तथा कानुनबमोजिम आफ्नो दायित्व अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ५८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा