बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम « Khabarhub

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकाबाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आवमा प्रदेशका १० जिल्ला मध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । चितवनमा ५४५ दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रुपमा रामेछाप रहेको छ । सो जिल्लामा एक वर्षमा ४७ दुर्घटना भएका छन् । प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छन् ।

यस्तै, काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप क्रमशः छन् । एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उनले जानकारी दिए ।

उनका अनुसार मुख्य राजमार्गमा एक हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन् । प्रदेशभित्र सवारी दुर्घटना दिनको १२ बजे देखि साँझको ६ बजेसम्म बढी दुर्घटना भएका छन् ।

प्रमुख पाण्डेका अनुसार सो समयमा ७४० दुर्घटना भएका छन् । साँझ ६ बजेदेखि राति १२ बजेसम्म ५७२ वटा, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ११८ सवारी दुर्घटना भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा भएका दुर्घटनामा परी एक वर्षमा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१/०८२ मा प्रदेशभित्र दुई हजार ४१२ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : ३२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा