दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले « Khabarhub

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय गराएका छन्।

बुधबारदेखि निरन्तर संवादमा रहेका उनले शुक्रबार विभिन्न धर्मका अगुवाहरूसँग छलफल थालेका छन् ।

शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मुस्लिम धर्मका अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग उनले छलफल गरे।

उता हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि उनले एकसाथ छलफल गरेका छन् । दुवै धर्मका अगुवालाई एकसाथ राखेर रविले सामाजिक र धार्मिक सद्भावको पक्षमा वातावरण बनाउने पहल गरेका हुन्।

यसअघि आइतबारदेखि सुनसरीबाट सुरू तनाव कम गर्न उनले बुधबार सर्वदलीय बैठक राखे । बिहीबार मधेशवादी दलका नेतासँग संवाद गरे । बिहीाबर नै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटे। त्यही दिन कोशी र मधेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँग पनि उनले संवाद गरे।

तस्बिरहरू : रवि लामिछानेको सचिवालय

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा