पशु चौपायमा कृत्रिम गर्भाधान  « Khabarhub

पशु चौपायमा कृत्रिम गर्भाधान 


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ । यहाँ पालिएका गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, छ हजार ५४४ भैँसी र ३५ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । 

कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकामा पालिएका २९ हजार ९२ गाई, तीन हजार १७० भैँसी र २६ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । 

यस्तै, कालिका नगरपािलकामा एक हजार ६२० गाई र २४२ भैँसी, रत्ननगर नगरपालिकामा सात हजार ४८४ गाई र ५९९ भैँसी, खैरहनी नगरपालिकामा ११ हजार ५३५ गाई, एक हजार १२० भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । 

राप्ती नगरपालिकामा १२ हजार ५८९ गाई, ८३७ भैँसी र नौ वटा बाख्रा, माडी नगरपालिकामा एक हजार १४० गाई र ३७६ भैँसी र इच्छाकामना गाउँपालिकामा १६७ गाई र २०० वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको उनले जानकारी दिए। 

कृत्रिम गर्भाधान गर्दा उन्नत जातका बाच्छाबाच्छी उत्पादन हुने, स्थानीय पशुमा दूध र मासु उत्पादन क्षमता बढ्ने, बहर पाल्नुपर्ने झन्झट र खर्च कम हुने हुँदा कृषक आकर्षित भएको उनले जानकारी दिए । 

प्राकृतिक साँढेबाट सर्ने यौन तथा सरुवा रोगबाट बचाउन सकिने र थोरै वीर्यबाट धेरै पशुलाई प्रजनन गराउन सकिने हुँदा व्यावसायिक पशुपालन गर्ने किसानले कृत्रिम गर्भाधान गराउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : २६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा