नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी  « Khabarhub

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् । अभिनेत्री शिल्पा नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा विशेष अतिथिका रूपमा सहभागी हुन आएकी हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै आयोजक टोलीले उनको भव्य स्वागत गरेको थियो।  काठमाडौंस्थित सोल्टी होटलमा भइरहेको यो अन्तर्राष्ट्रिय सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।

भारतको इभेन्ट व्यवस्थापक महासंघ ले आफ्नो १३औँ संस्करणको वार्षिक सम्मेलन पहिलो पटक नेपालमा आयोजना गरेको हो । 

आयोजकका अनुसार कार्यक्रममा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुँदैछन् । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा शिल्पा शेट्टीसँगै बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने जनाइएको छ । यस्तै, चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको पनि विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : ४२ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर