सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु « Khabarhub

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ । हजारौँ आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले क्षेत्रमा सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्कासँगै घटनास्थल सेउटाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सिभिल गार्ड अधिकारीहरूको प्रतिनिधित्व गर्ने स्थानीय श्रमिक सङ्घका प्रमुख रचिद स्बिहीले हजारौँ आप्रवासी अझै पनि सीमा पार गरेर सेउटा प्रवेश गरिरहेको बताउँदै अहिले परिचालित थप सुरक्षा तथा उद्धार टोली मुख्यतः घाइतेको उपचार र मानवीय सहायता उपलब्ध गराउन केन्द्रित रहेको जानकारी दिए ।

उनका अनुसार आश्रयको अभावमा साथमा अभिभावक नभएका बालबालिकासहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन् भने धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौतारिरहेका छन् । उनले परिस्थितिलाई ‘अव्यवस्थित र गम्भीर मानवीय संकट’ को संज्ञा दिए ।

स्बिहीका अनुसार मृत्यु भएका १८ जनामध्ये अधिकांशको समुद्रमा डुबेर मृत्यु भएको हो । केहीको भने समुद्री अवरोध (ब्रेकवाटर) को पर्खाल पार गर्ने क्रममा भएको भागदौडमा ज्यान गएको बताइएको छ ।

बिहीबार सार्वजनिक भिडियोमा मुख्यतः मोरक्कोका नागरिक रहेको ठूलो भीड समुद्री अवरोध (ब्रेकवाटर) पार गर्दै सेउटा प्रवेश गरिरहेको देखिएको छ । तीमध्ये अधिकांश युवा पुरुष भए पनि महिला तथा साना बालबालिकासहितका परिवार पनि रहेका थिए । केही आप्रवासीले ‘भिभा एस्पाना’ भन्दै नारा लगाएको दृश्य पनि देखिएको छ।

यति ठूलो सङ्ख्यामा आप्रवासी एकैपटक सेउटा प्रवेश गर्न किन प्रयासरत भए भन्ने कारण भने तत्काल स्पष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ४ : ४९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा