शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो « Khabarhub

शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् । 

एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले राजनीतिक दलहरूको सहयोग माग्नुपर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरू चाहिँ गम्भीर रुपमा उदासीन देखिएको बताए । त्यस्तै उनले अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरेर नयाँ सरकारले आफ्ना समर्थक र तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई भर्ती गरिरहेको भन्दै आलोचना गरे ।

विगतका कमीकमजोरीबाट शिक्षा लिएर अब एमालेलाई देशको बलियो र जनताको रोजाइको पार्टी बनाउने उनको भनाइ छ । 

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको विशेषतासहितको रूप पक्षमा मात्र नभई अब सार पक्षमा जोड दिएर समाजवाद निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ०७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा