सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू) « Khabarhub

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु भएका दुई जनाको शव अस्पतालबाट निकालिएको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरूको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।

गोली लागेर ओमप्रकाशको घटनास्थलमै र गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । उनीहरूको शव कप्तानगञ्जस्थित घर लैजाने र त्यसपछि अन्त्येष्टि गर्ने तयारी छ ।

बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र मृतक परिवारबीच सहमति भएपछि परिवारले शव बुझेको हो । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ५० बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ