लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल « Khabarhub

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् । मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा सुरक्षा अवस्थाबारे जानकारी लिन उनी विराटनगरबाट सप्तरी हुँदै लहान पुगेका हुन् ।

लहानमा गृहमन्त्री गुरुङले मधेस प्रदेशमा कार्यरत सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिसँग सुरक्षा अवस्था, शान्ति स्थापना र आगामी रणनीतिबारे छलफल गरिरहेका छन् ।

बिहीबार लहानमा प्रदर्शन भएको थियो । त्यसअघि सिरहाको गोलबजारमा दुई पक्षबीच भएको झडपमा औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादवको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।

हिन्दु र मुस्लिम समुदायबीचको तनाव बढेसँगै सिरहासहित धनुषा र पर्सा जिल्लाका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको परिचालनसमेत बढाइएको छ ।

गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायलाई शान्ति–सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । साथै, सबै पक्षलाई संयम अपनाउँदै अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ११ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन