सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल « Khabarhub

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी विश्वास कायम राख्न सबै नेपालीलाई अपिल गरेका छन् ।

शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै हमालले नेपाल केवल भौगोलिक विविधताको देश मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको बताएका हुन् ।

उनले नेपाल हिमाल, पहाड र तराईको मात्र नभई मन्दिर, मस्जिद, चर्च र गुम्बासहित विभिन्न धर्म, संस्कृति र समुदायको साझा पहिचान बोकेको राष्ट्र भएको उल्लेख गरे। फरक–फरक भूगोल, भाषा, संस्कृति र विश्वासबीचको एकता नै नेपालको शक्ति भएको भन्दै उनले यही विश्वास कमजोर भए सम्पूर्ण राष्ट्र नै कमजोर हुने धारणा राखे ।

हमालले आजको व्यवहारले नै भविष्यका पुस्ताले कस्तो समाज पाउने भन्ने निर्धारण गर्ने बताए । “हामी आउँदो पुस्तालाई विश्वास, सद्भाव र सहअस्तित्वको वातावरण छोड्न चाहन्छौं कि घृणा र विभाजनकोरु यसको निर्णय आज हाम्रो व्यवहारले गर्छ,” उनले सन्देशमा भनेका छन् ।

सुनसरीमा भएको घटनाले कुनै एक परिवार वा क्षेत्रलाई मात्र नभई सम्पूर्ण नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

कठिन परिस्थितिमा लिइने निर्णयले नै समाज र इतिहासले हाम्रो मूल्याङ्कन गर्ने उल्लेख गर्दै हमालले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। उनले प्रतिशोधको सट्टा न्याय, विभाजनको सट्टा सहअस्तित्व र द्वेषको सट्टा आपसी सम्मानको बाटो रोज्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

हाल देशका केही क्षेत्रमा उत्पन्न तनावका बीच हमालको यो सन्देशले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ३२ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना