सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल « Khabarhub

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी विश्वास कायम राख्न सबै नेपालीलाई अपिल गरेका छन् ।

शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै हमालले नेपाल केवल भौगोलिक विविधताको देश मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको बताएका हुन् ।

उनले नेपाल हिमाल, पहाड र तराईको मात्र नभई मन्दिर, मस्जिद, चर्च र गुम्बासहित विभिन्न धर्म, संस्कृति र समुदायको साझा पहिचान बोकेको राष्ट्र भएको उल्लेख गरे। फरक–फरक भूगोल, भाषा, संस्कृति र विश्वासबीचको एकता नै नेपालको शक्ति भएको भन्दै उनले यही विश्वास कमजोर भए सम्पूर्ण राष्ट्र नै कमजोर हुने धारणा राखे ।

हमालले आजको व्यवहारले नै भविष्यका पुस्ताले कस्तो समाज पाउने भन्ने निर्धारण गर्ने बताए । “हामी आउँदो पुस्तालाई विश्वास, सद्भाव र सहअस्तित्वको वातावरण छोड्न चाहन्छौं कि घृणा र विभाजनकोरु यसको निर्णय आज हाम्रो व्यवहारले गर्छ,” उनले सन्देशमा भनेका छन् ।

सुनसरीमा भएको घटनाले कुनै एक परिवार वा क्षेत्रलाई मात्र नभई सम्पूर्ण नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

कठिन परिस्थितिमा लिइने निर्णयले नै समाज र इतिहासले हाम्रो मूल्याङ्कन गर्ने उल्लेख गर्दै हमालले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। उनले प्रतिशोधको सट्टा न्याय, विभाजनको सट्टा सहअस्तित्व र द्वेषको सट्टा आपसी सम्मानको बाटो रोज्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

हाल देशका केही क्षेत्रमा उत्पन्न तनावका बीच हमालको यो सन्देशले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ३२ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र