एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल « Khabarhub

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । आइतबार देखि मलेसियामा सुरु भएकाे प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो । सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रँदैछ। नेपाल र बहराइनको खेल बिहान ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले आफ्नो पहिलो खेलमा बहराइनको सामना गर्न लागेको हो। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने यो ५० ओभरको खेलमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियाविरुद्ध खेल्नेछ। मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। हालै सम्पन्न दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।

समूह चरणको तेस्रो खेल नेपालले भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। साउदीसँग भएका दुई खेलमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले पर्याप्त अभ्यास पाएकाले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन्। “भारतमा गरिएको प्रशिक्षण र मलेसियाको पिचमा खेलिएका अभ्यास खेलले टोलीलाई ठूलो राहत पुग्नेछ। बलिङ नेपालको मुख्य शक्ति हो,” चौधरीले भने। उनका अनुसार प्रतियोगितामा नेपालका मुख्य प्रतिस्पर्धी युएई र ओमान हुनेछन्।

नेपालले सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। टोली सोही सफलता दोहोर्‍याउने रणनीतिमा छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : २७ बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी