जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात « Khabarhub

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिए ।

अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चालम बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीको भनाइ छ ।

अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ ।

खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा एक हजार ४००, अरुवा सोना मन्सुली एक हजार ४२५, मध्यम चामल एक हजार ४५० र स्टिम जिरा चामलको दुई हजार १७५ मूल्य तोकेको छ ।

खाद्य कम्पनीबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ७ : १२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको