हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल « Khabarhub

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको ४०६ औँ बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्ड बहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका थिए । भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ ।

त्यसपश्चात् रिक्त भएको अध्यक्ष पदमा बैंकको संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक बैकुण्ठ अर्याललाई तत्काल लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ११ : २१ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका