बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस् « Khabarhub

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन् ।

बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भएपनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरूले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् ।

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ कैदेलेटारका स्थानीय विक्रम थापा मगरले बाढीका कारण पहिरेबेँसी, कैदेलेटार र बेत्रावती आसपासका करिब २०० घरहरू बाढीका कारण पूर्ण रूपमा बगेर ठाउँ बगरमा परिणत भएको बताए ।

उनले विद्यालय जान बसमा पठाइका अधिकांश बालबालिकाहरु बाढीमा फसेकाले तत्काल गम्भीर भएर खोजी कार्यमा लाग्न आग्रह गरे । 

उनले यस्तो ठूलो विपद् र आपतको समयमा पनि प्रभावित रसुवावासी जनतालाई राज्यले उपेक्षित गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  २ : ५४ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको