बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस् « Khabarhub

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन् ।

बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भएपनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरूले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् ।

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ कैदेलेटारका स्थानीय विक्रम थापा मगरले बाढीका कारण पहिरेबेँसी, कैदेलेटार र बेत्रावती आसपासका करिब २०० घरहरू बाढीका कारण पूर्ण रूपमा बगेर ठाउँ बगरमा परिणत भएको बताए ।

उनले विद्यालय जान बसमा पठाइका अधिकांश बालबालिकाहरु बाढीमा फसेकाले तत्काल गम्भीर भएर खोजी कार्यमा लाग्न आग्रह गरे । 

उनले यस्तो ठूलो विपद् र आपतको समयमा पनि प्रभावित रसुवावासी जनतालाई राज्यले उपेक्षित गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  २ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली